जेलबाट छुटेपछि एक्स्टर्सनको धन्दा
काठमाडौँ । ज्यान मार्ने धम्की दिई पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय सुरजकुमार श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले काठमाडौँको काँडाघारी स्थित घरजग्गा कारोबार तथा ड्राइभिङ सेन्टर सञ्चालन गर्ने कार्यालयमा राखेर पीडितलाई बोल्न नदिई बोलेमा ज्यान मार्ने धम्कीसमेत दिई कुटपिट गरेर २० लाखको चेक र ८ लाख ५० हजारको कागज गर्न लगाएका थिए ।
पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँ महानगर–३२ बस्ने श्रेष्ठलाई काँडाघारीबाट पक्राउ गरेको थियो ।
श्रेष्ठ यसअघि जबरजस्ती करणी मुद्दामा ५ वर्ष जेल सजाय भुक्तान गरी छुटेका थिए । त्यसयता उनी गुण्डागर्दीमा संलग्न रहँदै आएका थिए ।
उनलाई आपराधिक लाभ (एक्स्टर्सन) लिन नहुने कसुरमा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । यस अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको रेग्मीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण