आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्रीजस्तै अब चीनका रक्षामन्त्री बेपत्ता, अमेरिकाले पनि उठायो प्रश्न

आइतबार, ३१ भदौ २०८०, ०९ : १७
आइतबार, ३१ भदौ २०८०

चीनका रक्षामन्त्री ली साङफु दुई सातादेखि सार्वजनिक रूपमा देखिएका छैनन् । के चीनले उनीविरुद्ध कुनै कदम चालेको छ ?

एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञले चीनका रक्षामन्त्रीलाई सार्वजनिक रूपमा नदेखिएकोमा प्रश्न गरेका छन् । चिनियाँ रक्षामन्त्री ली साङ्फु विगत दुई सातादेखि कतै पनि देखिएका छैनन् ।

उनी भ्रष्टाचारको कुनै मुद्दामा परेको अनुमान गरिएको छ । यस सम्बन्धमा चीनबाट कुनै प्रतिक्रिया आएको छैन ।

जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले सी साङफुको अनुपस्थितिको बारेमा अनुमान गरेका छन् । उनले ट्विट गरेका छन्, ‘चीन सरकारको नेतृत्वमा बेरोजगारी दर बढिरहेको छ ।’

रक्षामन्त्री ली भन्दा अघि पनि धेरै वरिष्ठ चिनियाँ सैन्य अधिकारीलाई जागिरबाट बर्खास्त गरिएको छ ।

चिनियाँ र अमेरिकी स्रोतलाई उद्धृत गर्दै अमेरिकी अखबार ‘वाल स्ट्रिट जर्नल’ले शुक्रवार एक रिपोर्टमा लीलाई आफ्नो पदबाट हटाइएको जनाएको छ ।

केही महिनाअघि चीनका विदेशमन्त्री चिङ ग्याङ पनि अचानक बेपत्ता भएका थिए । त्यसपछि जुलाई महिनामा उनको स्थानमा अर्का व्यक्तिलाई परराष्ट्रमन्त्री नियुक्त गरिएको थियो ।

चीन सरकारले चिङ ग्याङ बारे कहिल्यै कुनै टिप्पणी वा बयान जारी गरेको छैन ।

गत हप्ता चिनियाँ विदेशमन्त्रीका प्रवक्तालाई जनरल ली बारे प्रश्न सोधिएको थियो । प्रवक्ताले आफूसँग उनको अवस्थाबारे केही पनि जानकारी नभएको बताएका थिए । 

जनरल ली अन्तिम पटक २९ अगस्टमा देखिएका थिए । त्यस दिन उनी बेइजिङमा अफ्रिकी देशहरूसँग आयोजित सुरक्षा मञ्चमा सहभागी भएका थिए ।

तर, चिनियाँ विदेशमन्त्रीहरू सार्वजनिक रूपमा नदेखिनु कुनै अप्रयाशित घटना भने होइन ।

जनरल लीले एक एयरोस्पेस इन्जिनियरको रूपमा आफ्नो करियर सुरु गरेका थिए । त्यसपछि उनी  चीनको सेना र सुरक्षासँग सम्बन्धित धेरै उच्च पदमा बसेका छन् ।

पूर्व विदेशमन्त्री चिङ जस्तै जनरल लीलाई पनि राष्ट्रपति सी जिनपिङको मन पर्ने व्यक्ति मानिन्छ । जनरल ली साङ्फु पछिल्ला केही दिनमा बेपत्ता हुने दोस्रो ठुला नेता हुन् ।

अगस्ट महिनामा नै चिनियाँ सेनामा भ्रष्टाचारको अड्कलबाजी सुरु भएको थियो । त्यसपछि चीनले आफ्नो सेनाको रकेट फोर्सका दुई वरिष्ठ जनरललाई फेरेको थियो ।

सेनाको सैनिक अदालतको अध्यक्ष पनि नियुक्त भएको केही महिनामै हेरफेर भएको थियो ।

japan

जापानमा अमेरिकाका राजदूत राहम इमानुएल फुकुशिमाको यात्राको क्रममा

जापानका लागि अमेरिकी राजदूतले के भने ?

गत हप्ता र शुक्रवार, राजदूत इमानुएलले जनरल ली र अन्य वरिष्ठ सैन्य अधिकारीहरूको अनुपस्थितिको बारेमा ट्विट गरेका थिए ।

उनले जनरल ली भियतनाम पनि नगएको बताए । जनरललाई घरमै नजरबन्दमा राखिएको उनको अनुमान छ ।

अमेरिकी राजदूत आफ्नो व्यङ्ग्यात्मक ट्विटका लागि परिचित छन् । ट्विट गर्दै उनले जनरल लीको अनुपस्थितिलाई अगाथा क्रिस्टीको मिस्ट्री एन्ड देयर वेयर नन र शेक्सपियरको नाटक ह्यामलेटको ‘समथिङ इज रोटिङ इन डेनमार्क’ संवादसँग तुलना गरेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भियतनामी अधिकारीहरूले गत हप्ता अन्तिम समयमा जनरल लीले बैठकबाट पछि हटेको बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि यस्तो निर्णय लिइएको भनेर उनीहरूलाई जानकारी दिइयो । 

चिनियाँ अधिकारी आधिकारिक बैठकमा उपस्थित नहुनु निकै दुर्लभ मानिन्छ । यी अधिकारीले नियमित स्वास्थ्य परीक्षण गराउँछन् ।

china defence minister1जनरल ली र विवाद

जनरल लीको विवादसँग पुरानो सम्बन्ध छ । सन् २०१८ मा, उनी चिनियाँ सेनाको सैन्य उपकरणको विकासको प्रमुख थिए ।  त्यसपछि अमेरिकाले रुसी लडाकु विमान र हतियार खरिद गरेको आरोप लगाउँदै उनीमाथि प्रतिबन्ध लगाएको थियो ।

यी प्रतिबन्धपछि, जनरल लीले यस वर्ष सिंगापुरमा अमेरिकी रक्षामन्त्री लोयड अस्टिनलाई भेट्न अस्वीकार गरेका थिए ।

चिनियाँ रक्षामन्त्री बेपत्ता हुनुले चिनियाँ सरकारको अस्पष्टता देखाएको विज्ञहरू बताउँछन् । यसले राष्ट्रपति सी जिनपिङका केही निर्णयहरूको कमजोरीलाई पनि औँल्याउँछ ।

एसिया सोसाइटी पलिसी इन्स्टिच्युटका चीन मामिलाका विशेषज्ञ नील थोमस भन्छन्, ‘ठुला व्यक्तित्वहरू बेपत्ता भएको र भ्रष्टाचारमा संलग्न भएको समाचारले राष्ट्रपति सीका निर्णयहरूमाथि प्रश्न खडा गरेको छ किनभने उनकै स्वीकृतिमा यी व्यक्तिहरूलाई शीर्ष पदमा राखिएको थियो ।’

तर नील थोमसले राष्ट्रपति सीको नेतृत्व र चीनको राजनीतिक स्थायित्वमा कुनै खतरा नभएको पनि बताउँछन् किनभने बेपत्ता भएका कुनै पनि व्यक्ति उनको भित्री सर्कलको हिस्सा थिएनन् ।

विश्लेषक बिल बिशपका अनुसार चिनियाँ सेनामा भ्रष्टाचारको लामो इतिहास छ । राष्ट्रपति सी देशको सशस्त्र सेनाका सर्वोच्च नेता पनि हुन् । यस समस्यासँग जुध्न उनका अघिल्ला नेताहरूले जुन पद्धति अपनाएका थिए, उनले त्यही नै अपनाएका छन् ।

बिशपले हालै लेखेका छन्, ‘सी जिनपिङ एक दशकभन्दा बढी समयदेखि सत्तामा रहेपछि चिनियाँ सेनाको शीर्षमा भ्रष्टाचार भएको खबर आएको छ । र यसका लागि उनीहरूले आफ्ना पूर्व नेताहरूलाई दोष दिन सक्दैनन् । ’

उनका अनुसार जनरल ली र उनीअघिका विदेशमन्त्री चिङलाई राष्ट्रपति सीले पदोन्नति गरेका थिए । आगामी दिनमा पनि यस्तै घटनाहरू दोहोरिन सक्ने उनको अनुमान छ ।

कार्नेगी चाइनाका विश्लेषक इयान चोङले चीन र ताइवानबीचको सम्बन्ध तनावपूर्ण रहेको बेला उच्च अधिकारी बेपत्ता भएको बताएका छन् ।

चिनियाँ युद्धपोत ताइवानको खाडीमा तैनाथ गरिएको छ र चीनले चाँडै नै अर्को नौसेना अभ्यास गर्न सक्छ ।

रक्षा र विदेश विभाग कुनै पनि देशका लागि महत्त्वपूर्ण विभाग हुन् । यस्तो नाजुक समयमा यी दुई विभागको समस्या चिन्ताको विषय बन्न सक्ने विश्लेषक चोङ बताउँछन् ।

अर्कोतर्फ, जापानका लागि अमेरिकी राजदूत इमानुएलको ट्विट कुनै पनि शीर्ष अमेरिकी कूटनीतिज्ञका हिसाबले यसलाई सामान्य भन्न नमिल्ने बताएका छन् । 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप