अमेरिकाबाट आएको गाँजा रिसिभर पक्रन ‘कन्ट्रोल डेलिभरी’ विधि, ६ जना पक्राउ
काठमाडौँ । अमेरिकाबाट हुलाक मार्फत पठाएको गाँजा रिसिभर पक्राउ गर्न प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले ‘कन्ट्रोल डेलिभरी’ विधि अपनाएको छ । लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार ‘कन्ट्रोल डेलिभरी’ विधि मार्फत ब्युरोले अमेरिकाबाट पठाएको ३ किलो २३९ ग्राम गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ ।
हुलाक मार्फत आएको गाँजा झिकेर अनुसन्धान अधिकृतले बाकस मात्रै रिसिभरसम्म पठाएर अपरेसन गर्ने विधिलाई नियन्त्रित भुक्तानी पद्धति ‘कन्ट्रोल डेलिभरी’ भनिन्छ । अनुसन्धान गर्नेहरूले लागु औषध निकालेर ‘नक्कली सामान’ बाकसमा भरेर हुलाककै कर्मचारीमार्फत रिसिभर सम्म पुग्छन् ।
कन्ट्रोल डेलिभरी विधिबाट पक्राउ पर्नेमा पर्साको वीरगन्ज घर भएका ३२ वर्षीय डल्लु राम, ४३ वर्षीय हविव मिया, भारतीय नागरिक २४ वर्षीय अजिन बर्गेस, डडेलधुरा घर भएकी रेनुका तामाङ, भारतीय नागरिक ३० वर्षीय अरुण कुमार र मोहम्मद नाइम छन् ।
२९ भदौमा अमेरिकाबाट आएको ९ सय ग्राम गाँजा काठमाडौँमा बरामद गरेर गाँजा आएको बाकस डिल्लीबजार हुलाक मार्फत वीरगन्जमा पठाएको लागु औषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । उनले भने–‘पार्सल लिन आएका डल्लुराम र हविव मियाँलाई २४ भदौमा पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’
डिल्लीबजार गोश्वारा हुलाक मार्फत जिल्ला हुलाक कार्यालय पोखरामा रिसिभ गर्ने गरी अमेरिकाबाट भदौ २४ मा एक कार्टुन गाँजा आयो । सो गाँजा १ किलो ४ सय ग्राम काठमाडौँमा नै बरामद गरेर भदौ २५ मा पोखराबाट रिसिभ गर्न आएका भारतीय नागरिक अजिन बर्गेसलाई पक्राउ गरिएको एसपी जोशीले जानकारी दिए । बर्गेसको डेराबाट ७२० ग्राम गाँजा बरामद गरिएको छ ।
डडेलधुरा घर भएकी ३९ बर्सिया रेनुका तामाङले डिल्लीबजार हुलाकबाट रिसिभ गर्ने गरी आएको गाँजा सहित उनलाई ब्यूरोको टोलीले भदौ २४ मा बरामद गरेको थियो । ९ सय ३९ ग्राम गाँजा भारतीय नागरिक अरुण कुमार र मोहम्मद नइमले पठाएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
अहिलेसम्म ब्युरोले कन्ट्रोल डेलिभरी पद्धतिबाट ३ वटा अपरेसन सञ्चालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण