सुनजस्तो धातु देखाई ठगी गर्ने गिरोह पक्राउ
आइतबार, ३१ भदौ २०८०, १८ : ५१
काठमाडौँ । सुनजस्तो देखिने धातु देखाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको गरेको छ । काठमाडौँको बालाजु क्षेत्रमा सुन जस्तो धातु देखाई ठगी भइरहेको विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भई कागेश्वरी मनहरा बस्ने ३१ वर्षीय विशुराम थपलिया, दोलखा घर भई हाल भक्तपुर नयाँ ठिमी बस्ने ३० वर्षीय भीमसेन बि.क.,
काठमाडौँ लाजिम्पाट मिलन मार्ग बस्ने ३२ वर्षीय निरज महर्जन र सप्तरी घर भई हाल जोरपाटी बस्ने ३४ वर्षीय दिलीप कुमार चौधरी रहेका छन् ।
उनीहरूलाई शुक्रबार बालाजु एरियाबाट करिब १ केजी बराबर लेखिएको सुन जस्तो देखिने धातु सहित पक्राउ गरिएको थियो । उनीहरूलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण