एक टन लागुऔषध गाँजासहित २ जना पक्राउ
मकवानपुर । हेटौंडाबाट करिब एक टन लागुऔषध गाँजासहित २ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, नेपाल १४ नम्बर गण हेडक्वाटर मकवानपुरले आइतबार हेटौंडा–१० बसपार्कबाट ९१९ किलो ३२४ ग्राम लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले आइतबार बिहान ४ः३० मिनेटको समयमा बसपार्कबाट सो परिमाणको लागुऔषध गाँजासहपित भारतीय कन्टेनर पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा २ जना भारतीय नागरिक रहेका छन् । सशस्त्र प्रहरीले चालक भारत बलरामपुर जिल्लाको बिर्तापुरका ४५ वर्षीय दुलारे यादव र सहचालक सोही स्थानका ३६ वर्षीय योगेश वर्मालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल, १४ नम्बर गण हेडक्वाटर मकवानपुरका प्रहरी नायव उपरीक्षक अनिल कार्कीका अनुसार चितवनको खुरखुरेबाट वीरगंज तर्फ जाँदै गरेको एनएल ०१ एसी २१४५ नम्बरको ६ चक्के डिब्बावाल कन्टेनरबाट सो परिमामणको लागुऔषध गाँजा बरामद गरेको हो । ट्रकको चेकजाँचका क्रममा कन्टेनरको ड्राईभर पट्टीको भित्तामा २ फिटको फल्स बटम बनाई ल्याइएको अवस्थामा लागुऔषध गाँजा फेला पारेको उनले बताए । उनीहरुको साथबाट नेपाली ५ हजार ७०० रुपैयाँ र भारतीय ८ हजार ६३० रुपैयाँ सहित ३ वटा मोबाइल फोन समेत बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण