तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
मङ्गलबार, ०२ असोज २०८०, २० : ३२
काठमाडौँ । तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दैलेख नारायण नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू बस्ने ४२ वर्षीय गणेश बहादुर सिंहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सिंहले एक जनालाई वैदेशिक रोजगारका लागि तान्जानिया पठाइ आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम लिई सम्पर्क विहीन भई ठगी गरेको प्रहरीको भनाई छ । उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ सितापाइला चोकबाट पक्राउ गरेको हो । सिंहलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण