जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ
बुधबार, ०३ असोज २०८०, २१ : ०८

डडेल्धुरा । २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भागेश्वर गाउँपालिका ३ ओड गाउँ बस्ने २३ वर्षीय कमल ओड, २२ वर्षीय तपेन्द्र ओड, २८ वर्षीय दिपक ओड र एकजना १८ वर्षीय किशोर रहेका छन् ।
कमल र २ जना १८ वर्र्षीय किशोरले ती महिलालाई गत वैशाख ५ गते दिउँसो सोही ठाउँस्थित नानिगाड खोलामा तथा तपेन्द्र र दिपकले गत वैशाख १२ गते साँझ सोही गाउँपालिका डेकास्थित बाँझो घरको गोठमा लगि जबरजस्ती
करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी लामिकाण्डेबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार सोही ठाउँ बस्ने १८ वर्षीय किशोरको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय
-
एडम होलिहोक पाकिस्तानी क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक
-
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख १९ हजार नाघ्यो
-
सम्बन्ध र द्वन्द्व बोल्ने ‘चित्रा’को फस्टलुक सार्वजनिक
-
जोत्नेदेखि दाउनेसम्मका लागि यान्त्रिकरण
-
प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबिच आपसी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न