ज्यान मुद्दाका फरार प्रतिवादी ३४ वर्षपछि पक्राउ
काठमाडौँ । ज्यान मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले ३४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ घर भएका चक्र बहादुर राई छन् ।
२०४६ कार्तिक १७ मा चक्र बहादुर सहित अरू ३ जना मिलेर तत्कालीन २६ वर्षीय बद्री कुमार राईको हत्या गरेका थिए । २०४६ कार्तिक २० मा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान गरेको थियो । जिल्ला अदालत भोजपुरले २०६० जेठ २७ मा चक्र बहादुरलाई सर्वस्व सहित जन्मकैदको सजाय ठहर गरेको थियो ।
प्रतिवादीलाई सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर–२० स्थित तरहराबाट पक्राउ गरिएको भोजपुरका डिएसपी सुदिप पाठकले रातोपाटीलाई बताए । साविक दोभाने गा.वि.स वडा नम्बर–८ का वडा अध्यक्ष रामनाथ राईको घरमा सुतिरहेको अवस्थामा प्रतिवादीहरूले खुकुरीले हानेर गम्भीर घाइते बनाएपछि बायाँ हात छिनालेर बोकेर भागेका थिए । उपचारको लागि लैजाँदा दोभाने पाटीमा बद्रीको मृत्यु भएको थियो । मृतक पदम बहादुर राईको छोरा हुन् ।
३४ वर्षदेखि लुकेका चक्र बहादुरलाई तरहराबाट प्रहरी हवलदार चितरंजन मेहता समेतको टोलीले पक्राउ गरेका हुन् । हत्या गर्दा २७ वर्षका चक्रबहादुर अहिले ६७ वर्ष भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण