अवैध मदिरासहित ५ जना भारतीय नागरिक पक्राउ
मकवानपुर । हेटौंडाबाट अवैध मदिारासहित ५ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली ल्याइएको ८५५ बोतल विभिन्न ब्राण्डका मदिरासहित उनीहरुलाई हेटौंडा–१५ रातोमाटे चौकीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पश्चिमी दिल्ली बस्ने वर्ष २७ का विक्की, वर्ष २५ का राहुल, वर्ष २८ का कुनाल, वर्ष ३१ का नहिम र वर्ष ३७ का राजु छन् ।
गत असोज ५ र ६ गते २ वटा कारमा फल्स बटम बनाएर मदिरा ल्याएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । उनका अनुसार असोज ५ र ६ प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकपोष्ट अगाडि सडकमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा अवैध मदिरा बरामद गरिएको थियो ।
चितवनबाट हेटौंडा हुँदै वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा डीएल २ सीएके १३९० र डीएल २ सीएके ७२७३ नम्बरको भारतीय कारलाई शंका लागि चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याइएका रोयल ग्रीन ह्विस्की ३७५ एमएलका ७१५ बोतल र १८० एमएलका १४० बोतल बरामद भएको उनले बताए ।
बरामद मदिरासहित कार र पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको उनले बताए ।
भारतको हरियाणाबाट उत्पादित उक्त मदिरा नवलपरासीको नाकाबाट नेपाल भित्रिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार नवलपरासीबाट चितवन हुँदै हेटौंडा आइपुगेको उक्त कारको डिक्कीमा फल्स बटम बनाइ मदिरा ढुवानी गरिएको थियो ।
भारतको बिहारमा मदिराजन्य पदार्थ बन्देज भएकाले नेपालको बाटो हुँदै रक्सौल नाकाबाट उक्त मदिरा भारतको बिहार पु¥याउने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण