नेपाल बैंकले अत्याधुनिक कल सेन्टर सञ्चालनमा ल्यायो

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा आज एक कार्यक्रम आयोजना गरी समुद्घाटन गरेको छ।
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेस प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत रुपेश भक्त श्रेष्ठले संयूक्त रूपमा रिबन काटी कल सेन्टरको समुद्घाटन गरे ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष, अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताए ।
यसै गरी कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले गौरवपूर्ण इतिहास बोकेको नेपालको पहिलो बैंकमा ग्राहकहरुसँग जोडिएर काम गर्न पाएकोमा अत्यन्त खुसी व्यक्त गर्दै नेपाल बैंकको ग्राहक सेवाको उत्कृष्टताको लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
०१–५९७१२२२ नम्बर रहेको कल सेन्टरले नेपाल बैंक लिमिटेडका आदरणीय ग्राहक वर्गका समस्या, जिज्ञासा र कठिनाइलाई तत्काल सम्बोधन गरी समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकले विश्वास लिएको छ ।
नेपालभर २२८ शाखाहरु, २०४ ए.टि.एम. का साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक डिजिटल बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँप टिप्न जाँदा रूखको हाँगाे भाँचिएर बालिकाको मृत्यु
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत
-
५० दिनपछि थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’
-
चलचित्र ‘प्रतिवैरम’ निर्माण हुने
-
‘तीन सल्लाहकार’को अनौठो संयोग, डा. पौडेलको बाटो खाली
-
साबुन फ्याक्ट्रीको मेसिनमा च्यापिँदा एक जनाको मृत्यु