गहना किन्ने बहानामा चोरी गर्नेहरु प्रहरीको फन्दामा
काठमाडौँ । सुनका गहना किन्ने बहानामा काठमाडौँका विभिन्न सुन पसलमा चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले चोरीमा संलग्नसहित चोरीका गहना खरिद गर्नेलाई समेत पक्राउ गरेको हो ।
प्रहरीका अनुसार काठमाडौँ उपत्यकाका ७ भन्दा बढी स्थानका विभिन्न सुन पसलमा गहना किन्ने बहानामा चोरी गरी फरार रहेको घटनामा अनुसन्धानपछि असोज ५ गते काठमाडौँ महानगरपालिका–१६, पुरानो गुह्येश्वरीबाट तारकेश्वर नगरपालिका–९ घर भई हाल काठमाडौँ, ढुंगेधारा बस्ने ३३ वर्षीय रत्न महर्जन र तारकेश्वर–४ का २२ वर्षीय सुमन पतुवारलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पतुवार स्कुटर चालक हुन् भने रत्नले सुन किन्ने बहानामा चोरी गर्ने गरेकी थिइन् ।
प्रहरीले नुवाकोट जिल्लाको बेलकोट गढी नगरपालिका–७ घर भई हाल काठमाडौँ महानगर–१६, नयाँ बजार बस्दै आएका ३६ वर्षीय बिरेन्द्र विक र भारतको महाराष्ट्र प्रदेश, सोलापुर जिल्ला घर भई हाल काठमाडौँ महानगर–१६, माछापोखरी बस्दै आएका ३७ वर्षीय हनुमन्त फाँडेलाई पनि पक्राउ गरेको छ । उनीहरु दुवैले रत्न र पतुवारसँग चोरीका सुन किन्ने गरेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण