लेनदेनको विवादमा मोटरसाइकलमा आगो लगाउने महिला पक्राउ
बिहीबार, ११ असोज २०८०, १७ : ३९

बुटवल । दाङमा मोटरसाइकलमा आगो लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १० सौडेकुलाकी ३२ वर्षीय मीना चौधरीलाई घोराहीका विराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकलमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए ।
लेनदेनका विवादमा चौधरीले मोटरसाइकलमा आगो लगाएको बताइएको छ । आगो लगाएपछि प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि मोटरसाइकल पूणर्रुपमा जलेर नष्ट भएको छ ।
घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस
-
पक्राउ पुर्जीको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीद्वारा संघर्षको घोषणा
-
सुदूरपश्चिममा उत्पादित माछाले ७५ प्रतिशत माग धान्दै
-
माओवादीको विशेष अभियान : उपचारमा सहयोग
-
‘नेपाल–भारत सम्बन्धलाई चीनसँग तुलना गर्न मिल्दैन’
-
सुन तस्करी जाँचबुझ आयोगले लिन थाल्यो प्रतिवादीहरूको बयान