जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ
काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-९ श्रीलंका टोल बस्ने गेरूवा गाउँपालिका-५ गोला घर भएका ५२ वर्षीय कृष्ण कुमार दमाई पक्राउ परेका छन् ।
उनले ती बालिकालाई विभिन्न समयमा पटक-पटक जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितलाबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
यसैगरी मोरङको १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डल समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मण्डल लगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण