झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
शनिबार, १३ असोज २०८०, २२ : ४९
काठमाडौँ । झापामा प्रतिबन्धित लागु औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ : ३० बजे जिल्लाको बिर्तामोड नगरपालिका ५ को त्रिवेणी होटल एण्ड लजबाट २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बिर्तामोड ४ का २१ वर्षीय उत्तम दर्जी र इलामा सुर्योदय नगरपालिका २ घर बताउने २० वर्षीय सन्ध्या विश्वकर्मा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १ ग्राम, ९०० सय मिलिग्राम ब्राउन सुगर, ३ थान मोबाइल र ५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले टोलीले सो होटलमा खानतलासी गरेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण