आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अनैतिक सम्बन्ध लुकाउन पुरुषले प्रेमिकालाई अपहरणमा परेको भनेपछि...

आइतबार, १४ असोज २०८०, १६ : ४७
आइतबार, १४ असोज २०८०

एक पुरुषले नयाँ वर्षको पूर्व सन्ध्यामा आफ्नी प्रेमिकासँग नभई अरू नै युवतीसँग समय बिताउन अपहरणमा परेको नाटक गरे । अस्ट्रेलियाका एक पुरुषले आफ्नो मोबाइलबाट मेसेज गरेर प्रेमिकालाई अपहरणमा परेको जानकारी दिए । 

तर ३५ वर्षका पल लेराले प्रेमिकालाई धोका दिन लागेको कुरा लुकाउन आफू अपहरणमा परेको नाटक रचेको थिए । यो कुरा अदालतसामु स्वीकार गरेपछि उनी जेल जान बाट बाल बाल जोगिए । गत वर्षको ३१ डिसेम्बरमा अस्ट्रेलियाको वोलङ्गङका पलले प्रेमिकालाई फोन गरेर आफ्नो कार्यालयको फाइनान्स हेर्ने व्यक्तिलाई भेट्न जान लागेको जानकारी दिए तर वास्तवमा उनी अर्की युवतीलाई भेट्न जान लागेका थिए । तर त्यसको केही समयपछि पलले प्रेमिकालाई मेसेज गरे । तर यस पटक उनले अपहरणकारी बनेर मेसेज गरे । मेसेजमा लेखिदिए – भोलि बिहान तिम्रो प्रेमीलाई सकुशल फिर्ता पठाइदिन्छु । 

‘पललाई मेरोमा पठाइदिएकोमा धन्यवाद । अब तिमीले यसका लागि .... रकम तिर्नुपर्छ । बाई बाई । उनले आफ्नो बाइक हामीलाई नदिएसम्म भोलि बिहानसम्म उनलाई हामी सँगै राख्नेछौँ,’ ‘‘अपहरणकर्ता’ बनेर पठाइएको मेसेजमा लेखिएको थियो । 

पल र उनकी नयाँ युवतीलाई के थाहा थिएन भने प्रेमिकाले आत्तिएर प्रहरीलाई यसबारे जानकारी दिनेछिन् । सायद थाहा भएको भए, यत्तिको समस्या आफैँले निम्त्याउँदैन थिए । तर प्रेमीको जिउ ज्यानमा नै आँच आउला भन्ने पिरले प्रेमिकाले यसबारे प्रहरीलाई जानकारी दिइन् । तत्पश्चात् तत्काल प्रहरीले उनको खोजी गर्न एउटा समूह परिचालन गर्‍यो । पल र नयाँ युवतीले रमाइलो पल बिताउँदै गर्दा लेक इलावार्रा पुलिस डिस्ट्रिक्टले उनको खोजीमा २०० घण्टा समय बिताइसकेको थियो भने २५,००० अस्ट्रेलियन डलर खर्च भइसकेको थियो । प्रहरीले सम्भावित सबै स्थानमा एक एक गरी गाडी रोकेर अनुसन्धान गरे । 

जनवरी १ को बिहानै प्रहरीले लेराको भ्यान भेटे । त्यहाँ प्रहरीले पललाई युवतीको साथमा सुरक्षित भेटे । प्रहरीले सोधपुछ गर्दा उनले आफू अपहरणमा नै परेको बताए । आफूलाई मध्य–पूर्वका केही मानिसले अपहरण गरेको र बिहान रिहा गरिदिएको उनले प्रहरीलाई बताए । तर उनको बयानमा केही कुरा अपत्यारिला थिए, केहीको सङ्गति मिलिरहेको थिएन । प्रहरीले उनलाई तत्काल जान दिए पनि १२ दिनपछि भने पक्राउ गर्‍यो । झुटो बोलेको र दोस्रो व्यक्तिलाई अनुसन्धानका लागि बाध्य पारेको भन्दै उनी विरुद्ध मुद्दा दर्ता भयो ।

उनले जे गरे, त्यसका लागि उनलाई सात वर्षको जेल सजाय हुनुपर्ने थियो तर उनले अदालतसामु आफ्नो झुट स्वीकारेपछि जेल सजायबाट भने जोगिए । तर अदालतले उनलाई १६,२१८ अस्ट्रेलियन डलर जरिवाना तोकिदियो । उनले सो रकम न्यु साउथ वेल्स सरकारलाई क्षतिपूर्ति स्वरूप तिर्नुपर्‍यो । लेरालाई ३५० घण्टाको कम्युनिटी सर्भिस पनि तोकियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप