हत्या आरोपमा जेठाजुसहित तीन पक्राउ
वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कान्तिदेवीका जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत बिन, ५७ वर्षीय अमिरिका राउत बिन र स्थानीय लालबाबु राउत बिन रहेका छन् । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
कान्तिदेवीसँग रहेको रकम लुट्ने उद्देश्यले तीनै जना मिलेर धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक कोमल शाहले जानकारी दिए । कान्तिदेवीका श्रीमान्को १० वर्षअघि नै मृत्यु भइसकेको छ । उनको एक्ला छोरा अर्जुन वैदेशिक रोजगारको सिलसिलामा हाल मलेसियामा छन् ।
आमाको मृत्युपछि घर फर्किएका अर्जुनले यही असोज ७ गते किटानी जाहेरी दिएपछि सोही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो । लालबाबु पक्राउ परेपछि उनले दिएको बयाण्नको आधारमा प्रहरीले चन्द्रिका र अमिरिकालाई यही असोज १४ गते पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण