बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फेरि चर्चामा पाकिस्तानी अभिनेत्री माहिरा

बिहीबार, १५ चैत २०७४, १६ : ५४
बिहीबार, १५ चैत २०७४

मुम्बई । पाकिस्तानी अभिनेत्री माहिरा खान एकपटक फेरि चर्चामा आएकी छन् । एक बलिउड गीतका कारणले उनी चर्चाको केन्द्रबिन्दु बनेकी हुन् ।

उनले डान्स गरेको एक भिडियो अहिले सोशल मिडियामा भाइरल भएको छ । जुन भिडियोमा उनले जमेर नृत्य गरेकी छन् ।

माहिरा केही दिन पहिले कराचीस्थित आफ्नो मिल्ने साथीको मेहन्दी कार्यक्रममा पनि पुगेकी थिइन् । सो कार्यक्रममा उनले युपी बिहार लुटने, जब वी मेट, बटरफ्लाई लगायत ५,६ गीतमा प्रस्तुति दिइन् । 

हुन त केही दिन पहिले माहिराको केही तस्बिर सार्वजनिक भएको थियो । तस्बिरमा उनी रणबीर कपुरका साथ चुरोट खाएर धुवा उडाउदै गरेको देखिएकी थिइन् । तस्बिर भाइरल भएपछि रणवीर र माहिराको सम्बन्धको बिषयमा पनि चर्चा चलेको थियो । तर यो बिषयमा दुबैले मुख खोलेनन् ।

माहिराले शाहरुखको चलचित्र रईसबाट अभिनयमा डेब्यु गरेकी थिइन् । तर अहिले उनी पाकिस्तानी चलचित्र ७ दिन मोहब्बत इन को प्रचार प्रसारमा जुटिरहेकी छन् । 

माहिरा पाकिस्तानकी महँगी अभिनेत्री हुन् । कराचीमा जन्मिएकी उनका बुबा दिल्लीमा बस्थे । तर पछि पाकिस्तान सिफ्ट भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप