बैंकिङ कसुरमा फरार व्यक्ति पक्राउ
मङ्गलबार, २३ असोज २०८०, १६ : ३६
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा कैद जरिवाना तोकी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ घर भई हाल काठमाडौँको कीर्तिपुर–६ पाँगा बस्ने ३२ वर्षीय राजु थापा रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार गत असार ३ गते उच्च अदालत पाटनबाट थापालाई ५ लाख बिगो, ५ लाख जरिवाना, र क्षतिपूर्ति बापत २० हजार राहत कोषमा जम्मा गराई दुई दिन कैद हुन ठहर भएको थियो ।
त्यसपछि फरार रहेका उनलाई सोमबार काठमाडौँको बल्खुबाट पक्राउ गरिएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको रेग्मीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण