सामाजिक सञ्जालबाट प्रेममा पारी लाखौँ ठगी गर्ने महिला पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालबाट पीडितलाई प्रेममा पारी लाखौँ रकम ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ बस्ने २९ वर्षीया सनिषा मल्ल रहेकी छन् ।
मल्लले सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप लगायतबाट पीडितहरूलाई आफू इटालीको नागरिक डा.राबेया हिकोल भन्ने विश्वास दिलाइ माया प्रेममा परेको भ्रममा पार्थिन् । त्यसपछि आईफोन, सुन तथा गरगहना, ५ हजार डलरको गिफ्ट पठाइदिन्छु भन्ने गर्थिन् ।
गिफ्ट पठाएपछि भने विभिन्न नम्बरका ह्वाट्स एप आईडीबाट च्याट र कल गरी डा. राबेयाले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी विमानस्थलमा आइपुगेको छ । तपाईंले पार्सल पाउनका लागि भन्सार शुल्क, डेलिभरी चार्जजस्ता प्रयोजनका लागि रकम तिर्नुपर्छ भनी पीडितलाई विश्वास दिलाउँथिन् ।
यता पीडितले विभिन्न व्यक्तिहरूको नाममा रहेको बैंक खाताहरूमा पटक–पटक जम्मा गर्थे । यसरी उनले हालसम्म १७ लाख १५ हजार रुपैयाँ ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको भनाई छ ।
मल्ललाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण