बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुडिरहेको बसमा ढुङ्गा प्रहार गर्ने ९ जना पक्राउ

बिहीबार, २५ असोज २०८०, १२ : ५०
बिहीबार, २५ असोज २०८०

सुर्खेत । सल्यानमा गुडिरहेको बसमा ढुङ्गा हान्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साँझ रुकुमपश्चिमको झुल्नेटाबाट दाङतर्फ जाँदै गरेको ना ३ ख ९७६४ नम्बरको बसमा सिद्धकुमाख गाउँपालिका–१ बेलौतीघारीमा ढुङ्गा प्रहार गरि चालकमाथि हातपात गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका १४ का २३ वर्षीय प्रदिप रावत, वर्ष २२ का प्रवीण भण्डारी, वर्ष २२ का सुशील कुँवर, वर्ष १८ का गणेश कवर, २१ का अजय कुँवर, २२ का दिपक रावत, २० का सन्दिप भण्डारी, २२ का दिपक रावत र शारदा नगरपालिका–७ का वर्ष २२ का दिपक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

उनीहरुले समूहमा आएर चलिरहेको बसमा ढुङ्गा हान्नुका साथै चालकमाथि हातपात समेत गरेको प्रहरीको भनाइ छ । गाडीको दुबै तर्फको सिसा फुटेको र चालकको मुखमा चोट लागेको प्रहरीले बताएको छ । डीएसपी कार्कीका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप