बहुमूल्य सामान बेच्ने बहानामा ठगेको आरोपमा ६ जना पक्राउ
काठमाडौँ । बहुमूल्य सामान सस्तोमा बेच्ने बहानामा ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । ठग्ने उद्देश्यले लिएर हिँडेको ‘अटोफायर’ र ‘क्रिस्टल माला’ सहित ६ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा झापाको बाह्रदर्शी गाउँपालिका घर भएका अनिल गदाईली, ललितपुरका रमेश नापित, काभ्रेका बिकाश श्रेष्ठ, ओखलढुंगाका लाल बहादुर सुनुवार, र मकवानपुरका मुरली न्यौपाने छन् । उनिहरुले ‘पुरातात्विक बहुमूल्य सामान हो’ भनेर झुक्याएर नगद ठग्ने गरेको अनुसन्धानबाट थाहा भएको एसपी रेग्मीले जानकारी दिए ।
आरोपीतहरुले ‘अटोफायर’ र ‘क्रिस्टल माला’ दुई करोडमा बेच्न डिल गरेका थिए । उनीहरुलाई कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित बालुवाखानीबाट पक्राउ गरेर कारवाहीका लागी प्रहरी वृत बौद्धमा पठाएको एसपी रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण