बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कृषिबाटै समृद्धि हासिल गर्न सकिन्छ : पूर्व मुख्यमन्त्री  गिरी

शनिबार, २७ असोज २०८०, १७ : १७
शनिबार, २७ असोज २०८०

बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता लीला गिरीले कृषिबाटै  समृद्धि हासिल गर्न सकिने बताएका छन्। उनले आयात घटाउने, निर्यात बढाउने र त्यसैका माध्यमबाट समृद्धि हासिल गर्न सकिने सम्भावना रहेको बताए ।

रुपन्देही तिलाेतम  उत्कृष्ट सामूहिक विकास बचत तथा ऋण बहुउद्देश्यीय सहकारीको साधारणसभाको उद्घाटन गर्दै नेता गिरीले तीन खम्बे अर्थनीति र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।  उनले कैयन सहकारी तथा वित्तीय संस्थाहरूमा अपचलन भएका, सञ्चालकहरू भागेका, कालो सूचिमा परेका र जनताको बचतको दुरुपयोग भइरहेको गुनासो सुनिएको बताउँदै  सुरक्षित र स्तरीय वित्तीय संस्थाका रूपमा स्थापित गर्न पर्ने बताए ।

नेपालको दिगो र प्रमुख निर्यातजन्य वस्तु कृषि उत्पादन नै रहेकाे उल्लेख्य गर्दै  सोही अनुसार नीति बनाउनुपर्ने उनको भनाई थियो । उनले  रोजगारीमा भौँतारिन थालेका बेलामा राज्यले नै स्पष्ट नीति बनाएर कृषिबाटै उत्पादन बढाउने, सहकारीका माध्यमबाट बजारीकरणको प्रवर्द्धन गर्न सकिने बताए ।

कृषि क्षेत्रको प्रभावकारी विकासका लागि हाम्रो साधन र स्रोतलाई पूर्ण रूपमा परिचालन गर्न कृषि अनुसन्धान एवं विस्तार र स्रोतहरूको प्रभावकारी प्रयोग गर्ने योजनालाई कार्यान्वयन गर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप