होटेलमा तास खेलिरहेका १९ जना पक्राउ
आइतबार, २८ असोज २०८०, १६ : १२
मुगु । मुगुको एक होटेलमा जुवातास खेलिरहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । छायाँनाथ रारा नगरपालिका-२ स्थित होटेल ग्रान्डीमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ टोप्ला बस्ने ३१ वर्षीय पशुपति शाही समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार रुपैयाँ सहित पक्राउ गरेको बताइएको छ । यसैगरी उक्त कार्यालयबाट खटिएको प्रहरीले सोही ठाउँस्थित होटेल टपटाउनमा जुवातास खेलिरहेको छायाँनाथ रारा नगरपालिका-७ पिना गाउँ बस्ने ३२ वर्षीय सूर्य बहादुर शाही समेत ८ जनालाई नगद १३ हजार ६ सय ४९ रुपैयाँसहित शनिबार दिउँसो पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण