धनुषाबाट लागु औषधसहित एक युवक पक्राउ
आइतबार, २८ असोज २०८०, २२ : २२
जनकपुरधाम । प्रहरीले धनुषाबाट एक जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–९ धारापानीका अन्दाजी २० वर्षीय रोहित ठाकुर रहेको प्रहरीले जानकारी दिएका छन् ।
ठाकुरलाई शंकाको आधारमा चेकजाँचको क्रममा धनुषाको बिहेद नगरपालिका– ३ झुलुङ्गे पुल नजिकैबाट इलाका प्रहरी कार्यलय दुहबीबाट प्रहरी नायव निरीक्षक जयप्रकाश साहको कमान्डमा रहेको गस्ती टोलीले पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ।
पक्राउ परेका ठाकुरको साथबाट नेट्राभेट ट्याबलेट–२० पत्ता लगायतका लागूऔषधसहित मोवाइल थान–१ बरामद गरेको प्रहरीले बताएको छ। पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण