टीकाको दिनबाहेक अन्य दिन अध्यागमन विभागको सेवा खुला रहने
सोमबार, २९ असोज २०८०, ११ : ३५
काठमाडौँ । दसैँको टिकाको दिन बाहेक अन्य दिन अध्यागमन विभागको सेवा खुला रहने भएको छ । सोमबार एक सूचना जारी गर्दै अध्यागमन विभागले दसैँ–तिहारको छुट्टीको समयमा टिकाको दिन (विजया दशमी) मा मात्र सेवा बन्द रहने र बाँकी दिनहरूमा विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुल्ला रहने जनाएको हो ।
तथापि, यस्तो सेवा दसैँ तिहारको बिदाका दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दैनिक दुई घण्टा मात्र सेवा प्रवाह हुने विभागले जनाएको छ । यस्तै कात्तिक २६ गतेदेखि ३० गतेसम्म चल्ने दीपावलीको अवसरमा समेत विभागले २९ गते भाइ टिकाको दिन पूर्ण रूपमा सेवा बन्द हुने र बाँकी बिदाका दिन सोही ११ बजेदेखि १ बजेसम्म २ घण्टा सेवा खुल्ला रहने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण