बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

टीकाको दिनबाहेक अन्य दिन अध्यागमन विभागको सेवा खुला रहने

सोमबार, २९ असोज २०८०, ११ : ३५
सोमबार, २९ असोज २०८०

काठमाडौँ । दसैँको टिकाको दिन बाहेक अन्य दिन अध्यागमन विभागको सेवा खुला रहने भएको छ । सोमबार एक सूचना जारी गर्दै अध्यागमन विभागले दसैँ–तिहारको छुट्टीको समयमा टिकाको दिन (विजया दशमी) मा मात्र सेवा बन्द रहने र बाँकी दिनहरूमा विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा खुल्ला रहने जनाएको हो । 

तथापि, यस्तो सेवा दसैँ तिहारको बिदाका दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दैनिक दुई घण्टा मात्र सेवा प्रवाह हुने विभागले जनाएको छ ।  यस्तै कात्तिक २६ गतेदेखि ३० गतेसम्म चल्ने दीपावलीको अवसरमा समेत विभागले २९ गते भाइ टिकाको दिन पूर्ण रूपमा सेवा बन्द हुने र बाँकी बिदाका दिन सोही ११ बजेदेखि १ बजेसम्म २ घण्टा सेवा खुल्ला रहने जनाएको छ । 

iii

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप