सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रह्मास्त्रका लागि शाहरुखले लिएका थिएनन् पारिश्रमिक

बुधबार, ०१ कात्तिक २०८०, १७ : २३
बुधबार, ०१ कात्तिक २०८०

नयाँ दिल्ली । आफ्नो पछिल्लो फिल्म रकी और रानीकी प्रेम कहानीमा फिल्म निर्माता करण जोहर शाहरुख खानलाई सानो भूमिका अफर गर्न चाहन्थे । तर फिल्म ब्रह्मास्त्रमा शाहरुख सित्तैमा खेलेपछि अर्को फिल्ममा उनलाई क्यामियो रोल अफर गर्न जौहरले हिम्मतै गरेनन् ।

शाहरुखले जोहरका कयौं फिल्ममा क्यामिओ रोल गरेका छन् । ए दिल हे मुश्किलमा पनि उनी यस्तै भूमिकामा थिए । हालै पिंकविलासँग कुराकानी गर्ने क्रममा जोहरले यस्तो खुलासा गरेका हुन् । फिल्मको असिस्टेन्ट डायरेक्टर्सको पूरै समूहले एउटा गितमा रणवीर र आलियाको सट्टामा शाहरुख र काजललाई नचाउन चाहेका थिए ।

यसका लागि आलिया पनि राजी थिइन् । आफूले भनेपछि शाहरुखले अस्वीकार गर्दैनन् भन्ने जोहरलाई पनि थाहा थियो । ब्रह्मास्त्रको सुटिङमा १२–१४ दिन खर्चिएका किंग खानले एक सुको लिएनन् । जसले गर्दा आफ्नो नयाँ फिल्ममा सानो भूमिका खेलिदिन भनेर सोधिरहन जोहरलाई लाज भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप