ब्रह्मास्त्रका लागि शाहरुखले लिएका थिएनन् पारिश्रमिक
नयाँ दिल्ली । आफ्नो पछिल्लो फिल्म रकी और रानीकी प्रेम कहानीमा फिल्म निर्माता करण जोहर शाहरुख खानलाई सानो भूमिका अफर गर्न चाहन्थे । तर फिल्म ब्रह्मास्त्रमा शाहरुख सित्तैमा खेलेपछि अर्को फिल्ममा उनलाई क्यामियो रोल अफर गर्न जौहरले हिम्मतै गरेनन् ।
शाहरुखले जोहरका कयौं फिल्ममा क्यामिओ रोल गरेका छन् । ए दिल हे मुश्किलमा पनि उनी यस्तै भूमिकामा थिए । हालै पिंकविलासँग कुराकानी गर्ने क्रममा जोहरले यस्तो खुलासा गरेका हुन् । फिल्मको असिस्टेन्ट डायरेक्टर्सको पूरै समूहले एउटा गितमा रणवीर र आलियाको सट्टामा शाहरुख र काजललाई नचाउन चाहेका थिए ।
यसका लागि आलिया पनि राजी थिइन् । आफूले भनेपछि शाहरुखले अस्वीकार गर्दैनन् भन्ने जोहरलाई पनि थाहा थियो । ब्रह्मास्त्रको सुटिङमा १२–१४ दिन खर्चिएका किंग खानले एक सुको लिएनन् । जसले गर्दा आफ्नो नयाँ फिल्ममा सानो भूमिका खेलिदिन भनेर सोधिरहन जोहरलाई लाज भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण