राजश्व छली गरेर ल्याएको सामानसहित ट्रक चालक पक्राउ
काभ्रे । काभ्रेको बनेपाबाट भन्सार छलेर ल्याउँदै गरेको चिनीसहित एक ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका–७ अरनिको राजमार्ग अन्तर्गतको सडक खण्डमा सवारी चेकजाँचका क्रममा भन्सार छलेर ल्याउँदै गरेको ५९ किलोको ९२ बोरा चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार भदौ २ गते दिउँसो १ः३० बजेको समयमा इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा सो परिमाणको चिनी बरामद गरेको हो ।
उनका अनुसार काभ्रेको पनौतीबाट बनेपातर्फ आउँदै गरेको ना।६ ख।६२१९ नम्बरको ट्रकमा राजश्व छली गरी धानको बोराले लुकाई छिपाई ल्याएको चिनी बरामद गरिएको थियो । ट्रकमा लुकाएर ल्याएको अवस्थामा ५० किलोको ९२ बोरा चिनी, २८ बोरा धान बरामद गरिएको उनले बताए ।
प्रहरीले उक्त चिनी धान र ट्रकसहित चालक काभ्रे धुलिखेल नगरपालिका–२ का ३७ वर्षीय राजु तिमल्सिनालाई नियन्त्रणमा लिएको उनले बताए । बरामद भएको उक्त चिनीको हाल बजार मूल्य ५ लाख ८९ हजार र धानको बजार मूल्य ४२ हजार रुपैयाँ रहेको छ । चिनी, धान र ट्रकसहित चालकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण