‘नक्कली टिकट’ काटेर यात्रुलाई हैरानी दिएको आरोपमा काठमाडौँबाट ५ जना पक्राउ
बिहीबार, ०२ कात्तिक २०८०, २० : ४७
काठमाडौँ । दसैँमा गाउँ फर्किने यात्रुलाई सवारीको ‘नक्कली टिकट’ काटेर हैरानी दिएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका २५ वर्षीय सन्देश श्रेष्ठ, २८ वर्षीय रोहित लामा, महोत्तरी घर भएका २६ वर्षीय अनिल बुढाथोकी, काठमाडौँको कोटेश्वर बस्दै आएका कमल सार्की र राजकुमार डंगोल छन् ।
नक्कली टिकट काटेर उनीहरूले यात्रुलाई कोटेश्वर र बल्खुमा बोलाउने गरेको तर, त्यहाँ पुगेपछि गाडी छैन भनेर ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । आरोपीतहरुविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । चाडपर्वको फाइदा उठाएर कसैले हैरानी दिने तथा ठगी गरेमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण