प्रिन्सिपल हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ
काठमाडौँ । बाराको कलैया स्थित बाल एकता ईङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (गुड्डु)को हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेका थिए । उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो ।
हत्यामा संलग्न आरोपमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका एक अधिकृतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा रुपेशसँग प्रेम सम्बन्धमा रहेकी २१ वर्षीय युवती सहित ७ जना छन् । परस्त्रीसँगको सम्बन्धका कारण सर्राफको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले रातोपाटीलाई बताए ।
अहिले प्रहरीको नियन्त्रणमा रहेकी सर्राफकी प्रेमिका अर्कोतिर पनि प्रेममा थिइन् । दुईतिरको प्रेम सम्बन्धका कारण प्रेमिका कै योजनामा सर्राफको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गत साउनमा बाराकै एक होटेलमा सर्राफको हत्या प्रयास गरिएको थियो । बाराका एसपी सुरेश काफ्लेका अनुसार सर्राफ दोस्रो प्रयासमा मारिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण