सेनाबारे घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ
मङ्गलबार, १४ कात्तिक २०८०, १९ : ५९
काठमाडौँ । नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–५ घर भएका डिल्ली राम खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका एसपी पशुपति कुमार रायले रातोपाटीलाई बताए ।
४६ वर्षीय खनालले सामाजिक सञ्जाल मार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन र प्रदर्शन गरेको आरोप छ । खनाललाई कारवाहीको दायरामा ल्याउन जंगी अड्डाले साइबर ब्युरोलाई पत्र पठाएको थियो ।
खनालविरुद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी रायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण