सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बंगलादेशमा आलुको मूल्य वृद्धि रोक्न विदेशबाट आलु आयात गरिने

मङ्गलबार, १४ कात्तिक २०८०, २१ : ४२
मङ्गलबार, १४ कात्तिक २०८०

ढाका । बंगलादेश सरकारले दक्षिण एसियाली मुलुकमा अत्यधिक खपत हुने आलुको मूल्य वृद्धिलाई नियन्त्रण गर्न आलु आयात गर्न अनुमति दिने निर्णय गरेको छ ।

वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आलुको अत्यधिक माग र स्वदेशी उपलब्धतालाई ध्यानमा राख्दै विदेशबाट आलु आयात गर्ने अनुमति दिइएको जनाएको छ । “यो निर्णय आलुको स्थानीय बजारमा आलुको अत्यधिक माग र मूल्य वृद्धिलाई शान्त पार्ने सरकारको प्रयासको एक हिस्सा हो,” विज्ञप्तिमा भनिएको छ । 

मन्त्रालयले बजारका लागि आलुको आपूर्ति बढाउनका लागि आलु आयात अनुमतिका लागि निवेदन दिन व्यवसायीलाई आग्रह गरिसकेको छ ।-(रासस/एएफपी)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप