टी-२० विश्वकप छनोट
सन्दीप लामिछानेले लिए लगातार ओमानको दुई विकेट
बिहीबार, १६ कात्तिक २०८०, १० : १४
काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले लगातार आफ्नो पाँचौँ र छैटौँ विकेट गुमाएको छ ।
ओमानको पाँचौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिए । उनले ओमानका ब्याट्सम्यान आयान खानलाई १८ रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । सन्दीपले आयानलाई बोल्ड गरेका हुन् । आयानले पेभेलियन फर्किनुअघि २५ बलमा दुई चौका हिर्काएका थिए ।
त्यसलगत्तै अर्को बलमा सन्दीपले मेहरान खानलाई एलबीडब्लूको धरापमा पारेका थिए । ओमानले १३।२ ओभरमा ८७ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण