बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दीपिका–रणवीरको विवाहको मिति तय !

सोमबार, १९ चैत २०७४, १५ : ३५
सोमबार, १९ चैत २०७४

मुम्बई । दीपिका पादुकोण र रणवीर सिंहको विवाहको खबर लामो समयदेखि चलिरहेको छ ।

भारतीय मिडियाको रिपोर्टलाई पत्याउने हो भने दुई जनाको परिवारले विवाहको मिति समेत तय गरिसकेका छन् ।

सम्भवतः आगामी सेप्टेम्बर र डिसेम्बरको बीचमा दुई जना विवाहको बन्धनमा बाँधिनेछन् ।

विवाहपछि दीपिकाले अभिनयपछि छाड्ने पनि मिडिया रिपोर्टहरुमा बताइएको छ । एक अन्तर्वार्तामा दीपिकाले विवाहपछि आफूले धेरै बच्चा जन्माउने सोच बनाएको बताएकी थिइन् ।

मिडिया रिपोर्टका अनुसार विवाह निजी र हिन्दु ऋतिरिवाज अनुसार हुनेछ । विवाहमा परिवार र नजिकका मित्रहरु मात्र सहभागी हुनेछन् ।

दीपिका र रणवीरको रिसेप्सनको मिति तय गरिएको छैन ।

दीपिका र रणवीरको परिवारबीच गत हप्ता मुम्बईमा छलफल भएको थियो । 

समाचारका अनुसार हालका लागि परिवारका सदस्यहरुले सेप्टेम्बर र डिसेम्बरबीच चारवटा मिति तय गरेका छन् ।  

विवाहको अन्तिम मिति तय गरेपछि विवाह भारतमा नै गर्ने वा विदेशमा गर्ने भन्ने तय गरिनेछ । 

दीपिका र रणवीरलाई कयौँ पटक एक साथ एउटै कार्यक्रममा देखिएको थियो । तर, उनीहरुले औपचारिक रुपमा आफूहरु डेट गरिरहेको स्वीकारेनन् । रणवीरको बारेमा सोध्दा उनले बाजीवाव मस्तानी, रामलीला

र पद्मावतीको को–स्टारले आफूलाई राम्रो व्यक्ति बन्न मद्दत गरेको बताएकी थिइन् । उनले यदी रणवीर आफ्नो जीवनको हिस्सा भए आफूलाई खुसी हुने बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप