सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘३ इडिएट्स’ र ‘मुन्नाभाइ’ नखेलेर पछुताई रहेका छन् शाहरुख खान

शुक्रबार, १७ कात्तिक २०८०, १९ : १४
शुक्रबार, १७ कात्तिक २०८०

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको ५८ औँ जन्मदिनलाई विशेष बनाउँदै निर्देशक राजकुमार हिरानीले उनका फ्यानलाई उपहारमा उनको नयाँ फिल्मको टिजर दिए । शाहरुख अभिनित आगामी कमेडी फिल्म ‘डंकी’को टिजर विहीवार सार्वजनिक भएको छ । 

सोही कार्यक्रममा राजकुमार र शाखरुख दुबैले विगतका केही रोचक कुरा शेयर गरेका छन् ।

आफू फिल्म इन्ष्टिच्यूटमा पढ्दै गर्दा टिभी शो सर्कसमा शाहरुखको अभिनय देखेर राजकुमारले आफ्नो पहिलो फिल्ममा उनैलाई लिने सोच बनाएका थिए । शाहरुख त्यतिबेला अभिनय क्षेत्रमा संघर्ष गर्दै थिए, ठूलो नाम बनेका थिएनन् । 

राजकुमारले मुन्नाभाइको अफर दिएपछि ‘नयाँ निर्देशक त हो, ६–८ महिना त कुरी हाल्छ नि भनेर ९ महिना पछि गरौँला’ भनिदिएँ । पछि त्यो फिल्म सञ्जय दत्तले पाए । फिल्म निकै हिट सावित भयो ।’ शाहरुखले विगत स्मरण गरे ।

राजकुमारले शाहरुखलाई फेरि ‘३ इडियट्स’को अफर दिए । त्यतिबेला शाहरुख अरु नै फिल्ममा व्यस्त थिए । डेट दिन सकेनन् । राजकुमारको यी दुई फिल्म नगर्दाको घाटा देखेर अहिले पनि शाहरुखलाई पछुतो लाग्न छाडेको छैन । 

तेस्रो पटक शाहरुखले जोखिम मोल्न चाहेनन् । यो फिल्म आफैँलाई लिएर बनाउन अनुरोध गरे । अरु कसैलाई मौका देलान् भनेर अरु हिरोलाई राजकुमारसँग भेट्न पनि दिएनन् । गेष्ट अपियरेन्समा अरु कसैलाई हाल्लान् भनेर अहिले पनि अरुलाई राजकुमारसँग भेटघाट गर्न नदिएको शाहरुखले बताएका छन् ।

मुन्नाभाइ एमबीबीएस, ३ इडियट्स, पिके र सञ्जु जस्ता सफल फिल्म निर्देशन गरेको हिरानीलाई बलिउडमा सबैभन्दा सफल निर्माताका रुपमा हेरिन्छ । 

अहिले राजकुमार आगामी फिल्म डंकीको प्रचारमा व्यस्त छन् । यो फिल्ममा शाहरुख खान, तापसी पन्नु, विक्की कौशल र बोमन इरानी छन् । यो फिल्म डिसेम्बर २२ मा रिलिज हुँदैछ । यो फिल्ममा शाहरुखले अभिनेत्री तापसीसँग पहिलो पटक स्क्रिन शेयर गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप