हात्तीको बंगारासहित दुई जना पक्राउ
शुक्रबार, १७ कात्तिक २०८०, २० : १६
काठमाडौँ । हात्तीको बंगारासहित दुई जनालाई पक्राउ परेका छन् । झापा प्रहरीले उनीहरुलाई बिहीबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं. ७ जरुवा टोलका ४७ वर्षीय तिखबहादुर विश्वकर्मा र ५० वर्षीय शावा लिम्बु रहेका छन् ।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले विश्वकर्माको घरमा खानतलासी गरेर एक केजी ७९० ग्राम तौल भएको हात्तीको बंगारा बरामद गरेको थियो ।
सोधपुछका क्रममा विश्वकर्माले लिम्बुको घरबाट ल्याएर राखेको बताएपछि लिम्बुलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
उनीहरूलाई शुक्रबार जिल्ला वन कार्यालय झापामा बुझाइएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण