मध्यरातमा लुटपाट आरोपमा असईसहित ३ जना प्रहरी पक्राउ
काठमाडौँ । लुटपाट गरेको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित ३ जना प्रहरलाई पक्राउ गरेर थुनामा राखिएको छ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत ३ जना प्रहरीलाई थुनामा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा असई सुन बहादुर तामाङ, हवलदार खगराज अधिकारी र जवान भुवन बराल छन् । सिआरभी (कन्ट्रोल रुम भेहिकल)मा ड्युटी गर्दा दुई साताअघि उनीहरूले लुटपाट गरेको आरोप छ । महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान मोडमा ट्याक्सीमा आएका ३ महिला र एक जना पुरुषलाई रोकेर उनीहरूले पैसा नदिए पक्राउ गर्ने धम्की दिएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पैसा लिएर छाडेपछि पीडितहरुले प्रहरी कन्ट्रोलमा फोन गरेर कम्प्लेन गरेका हुन् । लुटमा संलग्नहरूलाई पक्राउ गरेर निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । ती अधिकृत भन्छन्–‘पीडितहरू जाहेरी दिन नआएपछि सार्वजनिक हित विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण