६ जिल्लाबाट लागु औषध सहित १५ जना पक्राउ
काठमाडौँ । प्रहरीले विभिन्न ६ वटा जिल्लाबाट लागु औषध कारोबारमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । कञ्चनपुर, कैलाली, रुपन्देही, बर्दिया, झापा र बाँकेबाट लागु औषध प्रयोगकर्तालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कञ्चनपुर, भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ७ मिलिग्रामसहित बेदकोट नगरपालिका–६ बस्ने २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्ली राज भाटलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाट ४८ वर्षीय पदम बहादुर कार्कीलाई प्रहरीले चरेस ९२ ग्राम ४२ मिलिग्राम सहित पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१ बालुवाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय मिलिग्रामसहित १६ वर्षीय किशोर सहित दुई जनालाई पक्राउ गरिएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ बाट २८ वर्षीय विकास सेरबुजालाई पक्राउ गरिएको छ । सेरबुजाको साथबाट प्रहरीले लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्राम बरामद गरेको छ ।
बर्दियाको बाँसगढी नगरपालिका र बढैयाताल नगरपालिकाबाट ३ जनालाई पक्राउ गरिएको छ । बाँसगढीबाट १ ग्राम ८७० मिलिग्राम ब्राउनसुगर सहित २२ वर्षीय निरज कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बढैयाताल गाउँपालिका–२ फुटाहाबाट करिब ६ ग्राम ७ मिलिग्राम खैरो हेरोइन सहित २२ वर्षीय अभिषेक थारू सहित दुई जनालाई पक्राउ गरिएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कमा बस्ने भारतिय नागरिक १९ वर्षीय प्रियन्सु कुमार मण्डल, १९ वर्षीय मोहम्मद लाल भन्ने साहिल सेख र २३ वर्षीय मोहम्मद काजीम आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुको साटबाट १४ ग्राम ३ सय २० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी झापाको बिर्तामोड नगरपालिका–८ गरामनीबाट ब्राउनसुगर ३ ग्राम ४८० मिलिग्रामसहित २५ वर्षीय प्रतिक राईलाई पक्राउ गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका–६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्रामसहित खजुरा गाउँपालिका–८ बस्ने १९ वर्षीय समिर खान र २३ वर्षीय हरण सेखलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण