पोल्याड पठाउँछु भनेर ३८ लाख ठगेको आरोपमा महिला पक्राउ
बुधबार, २२ कात्तिक २०८०, १५ : ४४
काठमाडौँ । पोल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भएर नागार्जुन बस्दै आएकी सुनिता कर्माचार्य छिन् ।
३९ वर्षीया कर्माचार्यलाई इन्द्रचोकबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
कर्माचार्यले १७ जनालाई ‘पोल्याड पठाउँछु’ भनेर ३८ लाख रकम लिएर फरार भएको आरोप छ । पोल्याडमा प्रतिष्ठित कम्पनीमा मासिक १ लाख ५० हजार तलब आउने जागिर लगाइदिन्छु भनेर उनले पीडितहरुलाई प्रभावमा पारेकी थिइन् ।
प्रहरीले उनलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण