यी हुन् कम उमेरका हिरोसँग रोमान्स गर्ने बलिउड हिरोइन
मुम्बई –बलिउडमा पछिल्लो समय केही परिवर्तन देखिएको छ । केही पहिले अभिनेता र अभिनेत्रीको उमेरमा खासै फरक हुँँदैन थियो । अहिले उमेरमा दुई गुणा अन्तर समेत देख्न सकिन्छ । यस अगाडीका चलचित्रमा हिरोसँग रोमान्स गर्ने अभिनेत्री कम उमेरकी रोन्जे गरिन्थ्यो । शाहरुख खान, अजय देवगन, अक्षयकुमार, सलमान खान, आमिर खान लगायत हिरोका साथ उनीहरु भन्दा कम उमेरमा हिरोइनले रोमान्स गरेको देख्न सकिन्थ्यो । तर आज चर्चा ति अभिनेत्रीको गर्न खोजिएको छ । जसले आफू भन्दा सानो उमेरका हिरोसँग रिल रोमान्स गरेका छन् ।
ऐश्वया राय र रणवीर कपुर
ऐश्वर्याले आफु भन्दा कम उमेरका अभिनेतासँग रोमान्स गरेकी छन् । उनले २०१६मा रणवीर कपुरका साथ चलचित्र ‘दिल है मुस्किल’ अभिनय गरेकी थिइन् । रिलमा यो जोडी दर्शकले रुचाए पनि । रणवीर ऐश्वर्या भन्दा ९ बर्षले कान्छा रहेका छन् ।
ऐश्वर्या राय र शाहिद कपुर
अहिले भर्खर समाचार सार्वजनिक भएको छ कि मनोज कुमार र साधना अभिनित १९६४ को हिट चलचित्र ‘कौन थी’को रिमेकमा ऐश्वर्या र शाहिद देखिदै छन् । शाहिद ऐश्वर्या भन्दा ७ बर्षले कान्छो हुन् । शाहिद ऐश्वर्याको चलचित्र ‘ताल’को एक गीतमा कोरस डान्सर थिए ।
कट्रीना कैफ र बरुण धवन
कट्रीना र बरुण रेमो डिसुजाको आगामी चलचित्रमा एकसाथ देखिदै छन् । डान्समा आधारित रहेर चलचित्र निर्माण हुन लागेको हो । कट्रिना बरुण भन्दा ४ बर्षले जेठी छिन् ।
नर्गिस फाखरी र रणवीर कपुर
चलचित्र ‘रकस्टार’मा रणवीरका साथ देखिएकी थिइन् नर्गिस । राणवीर नर्गिस भन्दा ३ बर्षले कान्छा छन् । यी दुबैको चलचित्र रोमान्स दर्शकले रुचाएका थिए ।
ज्याकलीन र टाइगर श्राप
चलचित्र ‘अ फ्लाइङ्ग जट’मा ज्याकलनि र टाइगरले रोमान्स गरेका थिए । टाइगर भन्दा ज्याकलीन ५ बर्षले जेठी रहेकी छन् ।
करीना कपुर र अर्जुन कपुर
चलचित्र ‘एन्ड का ’मा करीनाले अर्जुनका साथ रोमान्स गरेकी थिइन् । यी दुबैको उमेरमा ५ बर्षको अन्तर रहेको छ ।
बिद्या बालन र इमरान हाशमी
बिद्याले चलचित्र ‘द डर्टी पिक्चर’, ‘घन चक्कर’ र ‘हमारी अधुरी कहानी’मा इमरानका साथ रोमान्स गरेकी थिइन् । इमराम बिद्या भन्दा १ बर्षले सानो रहेका छन् ।
प्रियंका चोपडा र राणवीर सिंह
चलचित्र ‘गुन्डे’मा प्रियंका चोपडा, रणवीर सिंह र अर्जुन कपुर देखिएका थिए । यी दुबै कलाकार भन्दा प्रियंका दुई बर्षले जेठी रहेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण