तीन महिनामा वैदेशिक शिक्षाको नाममा झण्डै ३३ अर्ब बाहिरियो
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै सरकारलाई सेवा आयतर्फ २९ अर्ब ५६ करोड रुपैयाँ घाटा लाग्न पुगेको छ । आर्थिक वर्षको असोज मसान्तसम्ममा सेवा खाता अन्तर्गत भ्रमण शीर्षकतर्फ खुद ३४ अर्ब ७८ करोड रुपैयाँ घाटा व्यहोरेको सरकारले वैदेशिक शिक्षा खर्चतर्फ यसै अवधिमा ३२ अर्ब ९२ करोड रुपैयाँ गुमाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवाआय २३ अर्ब ७४ करोड रुपैयाँले घाटामा गएको थियो ।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय ५१.३ प्रतिशतले वृद्धि भई रु.१७ अर्ब २ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड रहेको थियो ।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.१ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने सो मध्ये शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२९ अर्ब४१ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
-
चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए
-
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
-
लगातार हारको शृङ्खला तोड्ने दाउमा नेपाल
-
पानीमा घिउ हालेर पिउनु कति लाभदायक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण