सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंक रिपोर्ट

तीन महिनामा वैदेशिक शिक्षाको नाममा झण्डै ३३ अर्ब बाहिरियो

सेवा आयमा सरकारलाई २९ अर्ब ५६ करोड घाटा !
शुक्रबार, २४ कात्तिक २०८०, १५ : ०२
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नै सरकारलाई सेवा आयतर्फ  २९ अर्ब ५६ करोड रुपैयाँ घाटा लाग्न पुगेको छ । आर्थिक वर्षको असोज मसान्तसम्ममा सेवा खाता अन्तर्गत भ्रमण शीर्षकतर्फ खुद ३४ अर्ब ७८ करोड रुपैयाँ घाटा व्यहोरेको सरकारले वैदेशिक शिक्षा खर्चतर्फ यसै अवधिमा ३२ अर्ब ९२ करोड रुपैयाँ गुमाएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवाआय २३ अर्ब ७४ करोड रुपैयाँले घाटामा गएको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण आय ५१.३ प्रतिशतले वृद्धि भई रु.१७ अर्ब २ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लोवर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब २४ करोड रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ७६.१ प्रतिशतले वृद्धि भई ५१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने सो मध्ये शिक्षातर्फको व्यय ३२ अर्ब ९२ करोड रहेको राष्ट्र  बैंकले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.२९ अर्ब४१ करोड रहेकोमा शिक्षातर्फको व्यय १७ अर्ब ८९ करोड रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप