चाहना नभएर पनि शाहरुखले खेलेको त्यो फिल्म
नयाँ दिल्ली । बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो फिल्मी करियरमा ९० वटा जति फिल्ममा काम गरिसकेका छन् । यीमध्ये १६ वटा फिल्म त उनकै प्रडक्शन हाउस रेड चिलीज इन्टरटेनमेन्टले बनाएको हो । शाहरुख खान अहिले एउटै फिल्मका लागि ४० देखि ५० करोड भारु लिन्छन् । यसबाहेक फिल्मको मुनाफामा पनि उनको हिस्सा हुन्छ । फिल्म बाहेक ब्रान्ड एन्डोर्समेन्ट, लगानी र सामाजिक सञ्जालबाट पनि उनले राम्रो कमाइ गरिरहेका छन् । अहिले शाहरुखको वार्षिक आम्दानी २ अर्ब ८० करोड हाराहारी रहेको छ ।
तर जीवनमा एउटा फिल्म भने उनले गर्न मन नलागी नलागी आत्मसम्मानै बेचेर पैसाकै कारण पनि गरेका थिए । त्यति बेला उनलाई घर किन्नु थियो । साथमा पैसा थिएन । त्यसैले उनले पैसाकै लागि फिल्म खेले । शाहरुखले यसको खुलासा सन् २०१६ मा एउटा टक शोको बेलामा गरेका थिए । तर उनले अहिलेसम्म त्यो फिल्मको नाम भने लिएका छैनन् ।
‘म नाम भन्दिन । तर मात्रै एउटा फिल्म मैले पैसाकै लागि गरेको थिएँ । मैले निर्मातालाई भनेको थिएँ कि मलाई त्यो फिल्ममा काम गर्नु छ । पैसाको निकै आवश्यकता थियो । फिल्मबाट पाएको पैसाले मैले घर किनेँ,’ शाहरुखले भनेका छन् ।
तर जब उनको आर्थिक अवस्थामा सुधार आयो, फिल्म बनाउन थाले अनि त्यो फिल्मका लागि लिएको पैसा पनि फिर्ता गरिदिए । अब भने उनलाई त्यो फिल्मको सबै ऋण चुक्ता गरिदिएको महसुस भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण