सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

डाइरेक्टरको घरमा टेन्ट गाडेर शाहरुखले पाएका थिए फिल्म

बिहीबार, ०७ मङ्सिर २०८०, १२ : ४१
बिहीबार, ०७ मङ्सिर २०८०

नयाँ दिल्ली । डिसेम्बर २१ मा बलिउडका बादशाह शाखरुख खानको तेस्रो फिल्म डंकी रिलिज हुँदैछ । यो २०२३ मा आउन लागेको शाहरुखको तेस्रो फिल्म हो । फिल्ममा शाहरुखको साथमा तापसी पन्नु, विक्की कौशल र बोमन इरानी पनि छन् । यो वर्ष रिलिज भएको शाहरुखको दुबै फिल्म ब्लकबष्टर बनेका थिए । यो फिल्मका लागि दर्शकहरु निकै एक्साइटेड छन् ।

  राजु हिरानीको निर्देशनमा शाहरुखले पहिलो पटक काम गरेका हुन् । तर यो फिल्म उनले कसरी पाए ? के कारणले गर्दा शाहरुख र राजुसँगै आए । यस्ता कुराहरूको खुलासा शाहरुखले #AskMeAnything सेसनमा गरेका थिए । 

हरेक फिल्म रिलिज हुनु अघि शाहरुखले माइक्रोब्लगिङ वेबसाइट एक्समा प्रश्नोत्तरको एउटा सेसन राख्छन् । यसमा उनले आफ्ना फ्यानहरूले सोधेको प्रश्नको उत्तरमा रमाइलो जवाफ दिन्छन् । यही सेसनमा शाहरुखलाई सोधिएको थियोः यस पटक राजकुमार हिरानीले तपाईँलाई अप्रोच गरे कि तपाईँले हिरानी सरलाई ? यसको जवाफ दिँदै शाहरुखले रमाइलो अन्दाजमा जवाफ दिए, ‘मैले राजकुमार हिरानीको घरको अगाडि टेन्ट लाएको थिँए । त्यही कहानी सुनियो अनि साइन पनि त्यही गरियो । एडिटिङ्ग पनि त्यही चलिरहेको छ ।’ 

अर्का एक युजरले टम क्रुजले मोटरसाइकलबाट हामफालिरहेको एक्सन सीनको फोटो शेयर गर्दै उनलाई सोधेका थिए, ‘के तपाईँले पनि यस्तो केही गर्ने सोच्नु भएको छ, जस्तो टम क्रुजले मिसन इम्पोशिबल ७ मा गरेका थिए ?’ यसको जवाफमा भने शाहरुखले आफूसँग त मोटरसाइकल नै छैन यार भनेका थिए । 

अर्का एक युजरले भने लुटपुट गीतमा बच्चाको जस्तो इलेक्ट्रिफाइङ एनर्जी कहाँबाट आयो भनेर सोधेका थिए । यसको जवाफमा शाहरुखले आफ्नो घरमा एउटा सानो बच्चा छ, त्यही बच्चाको सरलता र एनर्जी आफ्नो गीतमा हाल्न सकूँ भन्ने कोसिस गरेको बताए । फ्यानहरूलाई शाहरुखको हाजिरी जवाफको यो शैली निकै मन परिरहेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप