डाइरेक्टरको घरमा टेन्ट गाडेर शाहरुखले पाएका थिए फिल्म
नयाँ दिल्ली । डिसेम्बर २१ मा बलिउडका बादशाह शाखरुख खानको तेस्रो फिल्म डंकी रिलिज हुँदैछ । यो २०२३ मा आउन लागेको शाहरुखको तेस्रो फिल्म हो । फिल्ममा शाहरुखको साथमा तापसी पन्नु, विक्की कौशल र बोमन इरानी पनि छन् । यो वर्ष रिलिज भएको शाहरुखको दुबै फिल्म ब्लकबष्टर बनेका थिए । यो फिल्मका लागि दर्शकहरु निकै एक्साइटेड छन् ।
राजु हिरानीको निर्देशनमा शाहरुखले पहिलो पटक काम गरेका हुन् । तर यो फिल्म उनले कसरी पाए ? के कारणले गर्दा शाहरुख र राजुसँगै आए । यस्ता कुराहरूको खुलासा शाहरुखले #AskMeAnything सेसनमा गरेका थिए ।
हरेक फिल्म रिलिज हुनु अघि शाहरुखले माइक्रोब्लगिङ वेबसाइट एक्समा प्रश्नोत्तरको एउटा सेसन राख्छन् । यसमा उनले आफ्ना फ्यानहरूले सोधेको प्रश्नको उत्तरमा रमाइलो जवाफ दिन्छन् । यही सेसनमा शाहरुखलाई सोधिएको थियोः यस पटक राजकुमार हिरानीले तपाईँलाई अप्रोच गरे कि तपाईँले हिरानी सरलाई ? यसको जवाफ दिँदै शाहरुखले रमाइलो अन्दाजमा जवाफ दिए, ‘मैले राजकुमार हिरानीको घरको अगाडि टेन्ट लाएको थिँए । त्यही कहानी सुनियो अनि साइन पनि त्यही गरियो । एडिटिङ्ग पनि त्यही चलिरहेको छ ।’
अर्का एक युजरले टम क्रुजले मोटरसाइकलबाट हामफालिरहेको एक्सन सीनको फोटो शेयर गर्दै उनलाई सोधेका थिए, ‘के तपाईँले पनि यस्तो केही गर्ने सोच्नु भएको छ, जस्तो टम क्रुजले मिसन इम्पोशिबल ७ मा गरेका थिए ?’ यसको जवाफमा भने शाहरुखले आफूसँग त मोटरसाइकल नै छैन यार भनेका थिए ।
अर्का एक युजरले भने लुटपुट गीतमा बच्चाको जस्तो इलेक्ट्रिफाइङ एनर्जी कहाँबाट आयो भनेर सोधेका थिए । यसको जवाफमा शाहरुखले आफ्नो घरमा एउटा सानो बच्चा छ, त्यही बच्चाको सरलता र एनर्जी आफ्नो गीतमा हाल्न सकूँ भन्ने कोसिस गरेको बताए । फ्यानहरूलाई शाहरुखको हाजिरी जवाफको यो शैली निकै मन परिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण