अभिनेत्रीको अश्लिल भिडियो भाइरल गरेको आरोपमा निर्माता पक्राउ
मुम्बई । भोजपुरी चलचित्रका निर्माता उपेन्द्र कुमार वर्मालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । एक अभिनेत्रीको छोटो चलचित्रको आपतिजनक भिडियो सोशल मिडियामा भाइरल गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
निर्माताले भाइरल गरेको उक्त भिडियो पोर्न वेभसाइटले समेत राखेको छ । अभिनेत्रीले आफ्नो भिडियो भाइरल भएपछि निर्माता बिरुद्ध पुलिसमा उजुरी दिएकी थिइन् । पुलिसले निर्मातालाई कारबाहीका लागि पक्राउ गरेको हो ।
निर्माताको बिरुद्ध अभिनेत्रीले २८ जनवरीमा एफआइआर दर्ता गराएकी थिइन् । पुलिसले भने निर्मातालाई हिजो मंगलबार अर्थात ३ अप्रिलमा पक्राउ गरेको छ ।
पुलिसका अनुसार छोटो चलचित्र छायाँकनको क्रममा अभिनेत्रीले बेरेको तौलिया दुर्घटनाबस खुस्किएको थियो । उक्त दृश्य क्यामरामा कैद भएको थियो । त्यही भिडियो निर्माताले सोशल मिडियाबाट भाइरल बनाए ।
निर्माताले भिडियो सबैभन्दा पहिले युट्युवमा अपलोेड गरे । सो भिडियो सयौले हेरे अभिनेत्रीको आरोपमा उल्लेख छ । निर्माता वर्माले अभिनेत्रीलाई आफ्नो छोटो चलचित्रका लागि साइन गराएका थिए । उक्त सट चलचित्र तीन दिनसम्म निर्माताको अफिसमै छायाँकन गरिएको थियो । (एजेन्सी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण