सलमान खानलाई जेल सजाय हुँदा कति करोड दाउमा छ ?
काठमाडौँ । सलमान खानलाई कालो हरिण शिकार मुद्दामा जोधपुर अदालतले दोषी ठहर गरेको छ । अदालतले १९९८ को यो मुद्दासँग जोडिएका सैफ अलि खान, तब्बु, नीलम र सोनाली बेन्द्रेलाई सफाई दिएको छ । सलमान खानलाई भने पाँच वर्ष जेल सजाय र १० हजार जरिबाना गरिएको छ ।
आजको दिनमा सलमान खान भारतका सबैभन्दा ठूला स्टार हुन । यी ५२ वर्षीया स्टारले अघिल्लो दशक एक पछि अर्को ब्लकबस्टर फिल्महरु दिएका छन् । यसमा उनको एक था टाइगर र त्यसमो दोश्रो श्रृङ्खला टाइगर जिन्दा हे, दबङ्ग शृङ्खला , सुल्तान, बजरङ्गी भाइजान र अरु थुप्रै फिल्म रहेका छन् ।
‘ट्युवलाईट’ले भने उनको प्रशंसकलाई पहिलेका फिल्मजस्तो उत्साहजनक रुपमा तान्न सकेन । उनलाई उनका प्रशसकहरुले बजरङ्गी भाइजानमा उनले निभाएको पात्रको रुपमा हेर्छन । त्यसमा फिल्ममा उनले एक असल मानिसको भुमिका निभाएका छन् जो खराब अवस्थामा फस्छ र आफ्नो असल हृदयका कारण त्यो अवस्थाबाट पार पाउछ ।
अदालतमा कयैन मुद्दाहरु, उत्तिकै सङ्ख्यामा उनीसँग जोडिएका विवाद र उनको जीवनमा आएका महिलाहरुसँगको तनाबहरुका खबरले पनि उनका प्रशसकहरुलाई उनको प्रत्यक फिल्म आउदा फिल्म हलमा भिड लाग्नबाट रोक्न सकेको छैन ।
उनको यही स्टार मुल्यले हुनसक्छ बुधबार उनलाई जेल चलान गरिदाँ हिन्दी फिल्म उद्योग चिन्तित देखिन्छ ।
तल सलमान अनुबन्ध भएर निकट भविष्यमा आउन लागेका फिल्म र टीभी कार्यक्रमको चर्चा गरिएको छ ।
रेस ३
सलमानसँग अहिले धेरै फिल्महरुसँग जोडिएका छन् । फिल्मको व्यापारका जानकारका अनुसार यी सबै चर्चित हुने फिल्म हुन । यसमा सबैभन्दा अघि बढीसकेको फिल्म भने रेमो डिसुजाको फिल्म ‘रेस ३’ हो । यो फिल्मको सुटिङ्गको काम सकिएको छ । तथापी फिल्मको प्रचार प्रसारको काम भने बाँकीनै छ । सरमान यस फिल्मका अभिनेता मात्र होइन सह–निर्माता पनि हुन । फिल्मको अनुमानित बजेट १०० करोड भारु रहेको छ । यो वर्षको इदमा आउनेवाला यो फिल्मले ठूलो व्यापार गर्ने विश्वास गरिएको छ ।
भारत
अलि अब्बास जाफर र सलमान खान पुन सँगसँगै काम गर्न लागेको यो फिल्मको हाल धेरै कुरा दाउँमा छ । यी जोडीले पहिले ‘टाइगर जिन्दा ह’ै र ‘सुल्तान’जस्ता फिल्महरु दिएको छ । कोरियन फिल्मको ‘अड टु माई फादर’को आधिकारीक ‘रिमेक’ रहेको यो फिल्मलाई २०० करोड भारुको लगानीमा भव्य रुपमा निर्माण गरिने योजना छ । फिल्म हाल प्रि–प्रोडक्शनको चरणमा छ र यो फिल्मको शुटिङ्ग फेब्रुअरीमा शुरु हुदैं थियो । यो अर्को वर्षको इदमा प्रदर्शनमा आउने कुरा थियो ।
दबङ्ग ३ र किक २
सलमान खानले मुख्य भुमिका रहेका यी फिल्मका श्रृङ्खलाहरुको पछिल्लो भागको निर्माणको कुरा चल्दै थियो । निर्माणको अत्यन्त प्राम्भिक चरणमा रहेकाले यीनको शुटिङ्गको मिती पनि तोकिएको थिएन । स्रोतका अनुसार दबङ्ग ३ को अनुमानित बजेट ८५ करोड भारु रहको छ ।
दसका दम
‘बिग बोस’ पछि सलमान खानको सानो पर्दामा चर्चित रहेको खेल कार्यक्रम ‘दसको दम’ हो । उनी यो कार्यक्रमको नयाँ सिजन लिएर फर्कदै थिए । सोनी इन्टरटेनमेन्ट टेलिभिजन च्यानलले यसको विज्ञापन समाग्री पनि प्रशारण गरिसकेको छ । यस कार्यक्रमलाई सलमानको अमिताभ बच्चनले सञ्चालन गर्ने ‘कौन बनेगा करोडपति’ को प्रतिउत्तर मानिन्छ ।
फिल्म र टीभी कार्यक्रमका अतिरिक्त सलमान खान अनेक ब्राण्डसँग जोडिएका छन् । फोब्सका अनुसार यीनले विभिन्न सामाग्रीको विज्ञापन गरेरै सन् २०१७ मा २ अर्ब ३२ करोड ८३ लाख भारु कमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण