बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कालो हरिणले गर्‍यो ‘टाइगर’को शिकार, अदालतमा यसरी रोए सलमानका बहिनीहरु

बिहीबार, २२ चैत २०७४, १७ : ४६
बिहीबार, २२ चैत २०७४

काठमाडौं–हिन्दी फिल्म उद्योगका अभिनेता सलमान खानको लागि बिहिबार दुःखद दिन भएर आयो । कांकाणी कालो हरिण शिकार घटनामा अदालतले जब उनलाई पाँच वर्षको जेल सजायँ सुनायो उनको अनुहारमा स्पष्ट रुपमा तनाव देखिन्थ्यो । 
फैसला अघि सलमानले आफूमाथि लागेको सम्पूर्ण आरोपहरुलाई अस्वीकार गर्दै आफूलाई निर्दोष भएको दाबी गरे । तर न्यायाधिशले उनको भनाईलाई महत्व दिएनन् । 
अदालतले सलमानलाई सजायँ सुनाउनासाथ सलमानका बहिनीहरु अर्पिता र अलवीरा उनीसँग टासिएर रुन थाले ।
यो समय सलमान खानको आँखा पनि भिजेको थियो ।
अदालतमा आरोपीहरु मध्य सबैभन्दा पहिले सलमान खान पुगेका थिए । कालो सर्ट र कालो चश्मा लगाएर उनी अदालत पुगेका थिए । उनकी बहिनीहरु पहिलेनै अदालत पुगिसकेका थिए ।
अदालतले सलमान खानलाई दोषी ठहर गर्ना साथ उनकी बहिनी अलवीरा रुन थालिन् । अलवीरालाई परिवारको सदस्यमध्ये सलमान खानको नजिक रहेको मानिन्छ । हालसम्मका सबै मामलामा अलवीरा उनको साथमा रहेकी छिन् । यो मुद्दामा पनि फैसला हुनु अघि अलवीराले वकीलसँग गफ गरिरहेकी देखिएको थियो ।


यो मुद्दा सन् १९९८ मा ‘हम साथ साथ हैं’ फिल्मको शुटिङ्गको क्रममा भएको घटनासँग सम्बन्धित छ । त्यो फिल्मको शुटिङ्गको क्रममा सैफ अली खान, तब्बू र सोनाली बेन्द्रेको साथमा राजस्थानको जोधपुरको नजिक कणकणी गाँउमा दुई कालो हरिणको शिकार गरेका थिए । सरकारी वकिलका अनुसार सबै कलाकार जीपमा थिए र गाडी सलमान खानले चलाइरहेका थिए । उनले हरिणहरुको झुण्ड देखेपछि गोली हानेर दुई हरिण मारेका थिए । गोलीको आवाज सुनेर नजिकको गाँउबाट गाउलेहरु आएपछि उनले मरेको हरिण छाडेर हिँडेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप