बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बहस :‘मुसलमान भएकै कारण सलमानलाई जेल सजायँ’

शुक्रबार, २३ चैत २०७४, १० : ०५
शुक्रबार, २३ चैत २०७४

बीबीसी

कालो हरिण शिकार घटनामा जोधपुर (राजस्थान) को अदालतले बलिउड फिल्मी क्षेत्रका अभिनेता सलमान खानलाई पाँच वर्षको जेल सजायँ सुनाएको छ । अदालतको यस निर्णयप्रति कोही खुसी भएका छन् भने धेरैले अफसोस जताएका छन् ।

राजस्थानको विश्नोइ समाजले सलमानको सजायँमाथि खुसी व्यक्त गरेका छन् भने सलमानका प्रशंसकमाझ निराशा छाएको छ ।

तर यस विषयमा पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले जुन बयान दिएका छन् त्यसले विवाद निम्त्याएको छ ।

पाकिस्तानी समाचार च्यानल जिओ न्यूजलाई दिएको अन्तर्वार्तामा उनले सलमान खान अल्पसंख्यक समुदायसँग सम्बन्धित भएका कारण उनलाई उक्त सजायँ सुनाइएको हो भनी दाबी गरेका छन् ।  

उनका अनुसार यदि सलमानको धर्म भारतको सत्तारुढ पार्टीसँग सम्बन्धित हुँदो हो त उनले सजायँ पाउने थिएनन् र उनीमाथि उदारता देखाइन्थ्यो ।

सलमान खानलाई सन् १९९८ को कालो हरिण शिकार मुद्दामा २० वर्षपछि सजायँ सुनाइएको छ । विश्नोई समाजले सलमान खानलाई सजायँ सुनाएपछि खुसी मनाएका छन् तर यस मुद्दासँग सम्बन्धित बलिउडका अन्य कलाकार सेफ अली खान, तब्बू, निलम र सोनाली बेन्द्रेलाई रिहा गरेकोमा भने असन्तुष्टि जनाएका छन् ।  

यस्तैगरी, उक्त निर्णयपश्चात् बलिउडमा निराशा छाएको छ । फिल्म अभिनेत्री र राज्यसभाकी सांसद जया बच्चनले अदालतको निर्णयले आफूलाई दुखी बनाएको बताएकी छिन् ।

उनले भनिन्, ‘बलिउड फिल्म जगतले यति धेरै लगानी गरिरहेको छ । सलमानलाई जेल सजायँ भएलगत्तै यसले भारी नोक्सानी व्यवहोर्नु पर्छ यस कारण म यति भन्न सक्छु कि अदालतको निर्णयले मलाई दुखी तुल्याएको छ । ’

पत्रकारको प्रश्नको जवाफ दिँदै उनी भन्छिन्, ‘उनको आचरणलाई आधार बनाएर उनले राहत पाउनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप