बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सजायँ सुनाउँदै गर्दा सलमानलाई न्यायाधिसले के भने ?

शुक्रबार, २३ चैत २०७४, १२ : ५४
शुक्रबार, २३ चैत २०७४

बीबीसी

बलिउडका स्टार सलमान खानलाई कालो हरिणको शिकार घटनामा सजायँ सुनाउँदै आइतबार न्यायाधिसले दुई सय १ पानाको लिखित निर्णय दिएका छन् ।

यो निर्णयमा न्यायाधिसले सलमान खान एक बहुचर्चित कलाकार भएका कारण सर्वसाधारणले उनको अनुसरण गर्ने भन्ने थाहा हुँदाहुँदै पनि उनले कालो हरिणको शिकार गरेकाले उनलाई उक्त सजायँ सुनाएको बताए ।

जोधपुरको एक अदालतले बिहिबार सलमानलाई पाँच वर्षको जेल सजायँ सुनाएको थियो । शिकारको यो घटना सन् १९९८ को सेप्टेम्बर २६ को हो ।

जोधपुर जिल्लाको मुख्य न्यायिक मजिस्ट्रेट देवकुमार खत्रीले उनलाई यो सजायँ सुनाएका हुन् । उनले आफ्नो निर्णयमा कालो हरिणको एन्टीलप सर्वीकापराको प्रजाती लोपोन्मुख अवस्थामा भएकाले यसले इकोलोजिकल ब्यालेन्सको पनि हानी भइरहेको छ ।

न्यायाधिस भन्छन्, ‘आरोपीले जसरी वन्य जीव संरक्षण अधिनियमको पहिलो अनुसूचीमा दर्ता ब्ल्याक बक एन्टीलप सर्वीकापरा प्रजातिका दुई निर्दोष वन्यजन्तु कालो हरिणको गोली हानेर शिकार गरे, वर्तमान समयमा वन्यजीवको अवैध शिकारको घटना बढिरहेको अवस्थामा र अभियुक्तको कृत्य र मुद्दाको सम्पूर्ण तथ्य र परिस्थिती र अपराधको गम्भीरतालाई केलाइसकेपछि अभियुक्त सलमान खानलाई दोषसिद्ध अपराध अन्तर्गत धारा ९÷५१ वन्यजीव संरक्षण अधिनियममा प्रोबेशन एक्टलाई लाभ दिनु न्यायोचित प्रतित हुँदैन ।’

न्यायाधिसका अनुसार अदालत अभियुक्तका वकिलको तर्फबाट गरिएको बिन्तीको सम्मान गर्दछ तर अदालतको धारणा योभन्दा भिन्न छ ।

सेफ, तब्बू, सोनालीलाई सफाई

सलमान खानसँगै फिल्म अभिनेता सेफ अली खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू, निलम र दुष्यंत पनि यो मामलामा अभियुक्त थिए ।

अदालतले सलमान खानलाई दोषी ठहराउँदै अन्य सबैलाई सफाई दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप