सलमान जेल जाँदा यी नायिका खुसीः भनिन्, ‘कर्मको फल’
एजेन्सी
कालो हरिण शिकार गरेको विषयमा सलमान खानले सजायँ पाएपछि उनका प्रशंसक र फिल्मी क्षेत्रसँग जोडिएका उनका साथीहरु दुःखी र चकित छन् । यता एक नायिका र बिग बसकी पूर्व प्रतिस्पर्धी सोफिया हयातले सलमान खानले सजायँ पाएपछि खुसी व्यक्त गरेकी छिन् ।
सोफियाले इन्टाग्राममा नायिकाको एक तस्बिर सेयर गरेकी छिन् । जसमा guilty लेखिएको छ । साथै बिइंग ह्यूमनबाट बिइंग काटेर ‘नो मोर ह्यूमन’ लेखेकी छिन् । यसका साथै नायिकाले एक लामो पोष्ट सेयर गरेकी छिन् ।
फोटोमा लेखिन्, ‘अन्त्यमा तपाईंले कर्मको फल पाउनुहुन्छ । धेरै मानिसहरु सलमानविरुद्ध बोल्न डराउँछन् किनभने उनीहरुलाई लाग्छ कि सलमानले बलिउडलाई नियन्त्रण गर्दछन् । तर म कसैसँग डराउँदिन । सलमानले जे गरेका छन्, त्यसले उनलाई जेल पुर्याएको छ । यसमा म निकै खुसी छु ।’
उनी थप्छिन्, ‘धर्तीका लागि जनावर निकै आवश्यक छन् । उनले त्यस्तो गर्नुपूर्व केही पनि सोचेनन् । धेरैले उनलाई आफ्नो आइडल मान्छन् । यस्तोमा सलमानले युवा जमातप्रति जिम्मेवारी उठाउनुपर्छ । यस्तो काम गरेरर उनी युवाहरुलाई कस्तो सन्देश दिन चाहन्छन् ? गलत काम गर, त्यसपछि त्यसको र कानूनको खिल्ली उडाउ किनभने तपाईं सेलिब्रिटी हो ?’
सोफिया भन्छिन्, ‘आज भारतले पुष्टि गरिसकेको छ कि तपाईं जो सुकै होस्, काूननभन्दा माथि कोही पनि छैन ।’ उक्त पोष्टमा सोफिया हयाले आफ्नो अनुभव पनि बाँडेकी छिन् । उनी भन्छिन्, ‘आज गरिबहरुमा न्यायप्रति आशा जागेको छ ।’
स्मरण रहोस्, भारतीय मूलकी बेलायती मोडल र नायिका सोफिया हयातले सन् २०१३ मा बिग बस– ७ मा भाग लिएकी थिइन् । कार्यक्रममा उनको सलमान खानसँग बहस पनि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण