जमानत सम्बन्धी आदेश सरेपछि सलमान खानले आजको रात पनि जेलमा बिताउने
मुम्बई । सलमान खानले थप एक रात जोधपुर अदालतमा बिताउनुपर्ने भएको छ । जोधपुर सेसन अदालतले यी अभिनेताको जमानतको लागि गरिएको अनुरोधमा भोलिमात्र निर्णय गर्ने भएपछि यस्तो भएको हो ।
सलमान खानलाई १९९८ मा कृष्णसारको शिकार गरेको आरोपमा हिजो दोषी पाइएको थियो ।
हिन्दी फिल्म उद्योगका यी स्टारले हिजो राती जोधपुर केन्द्रिय जेलमा बिताए ।
हिजो उनलाई सजायँ दिने क्रममा अदालतले सलमान लाखौं मानिसहरुको रोल मोडल भएकाले उनले बढी सावधानी अपनाउनु पथ्र्यो भनेको थियो ।
“आरोपी चर्चित कलाकार भएकाले उनको कामलाई मानिसहरुले पछ्याउँछन् । यसका बाबजुद आरापीले दुई कृष्णसारको शिकार गरे,” लिखित निर्णयमा न्यायाधिस देव कुमार खत्रिले भनेका छन् ।
सलमानका वकिलले उनको सजाय कठोर भएकाले कम गर्न गरेको आग्रहलाई अदालतले अस्वीकार गरेको थियो । अदालतले पछिल्लो समय यो संरक्षित जनावरको शिकार बढेको बताउँदै अरु शिकार गर्नेहरुलाई
उदाहरणको रुपमा स्थापित गर्न पनि सजाय कम गर्न नमिल्ने बताएका थियो ।
सजाय माफी नहुने भएपछि र सलमानलाई सजाय भएपछि उनका वकिल सरस्वतले सेसन अदालतमा जमानतको निवेदन दिएका थिए ।
३ वर्ष भन्दाबढी सजाय भएको अवस्थामा सेसन अदालतबाट मात्र जमानतमा दिन मिल्ने व्यवस्था रहेको छ ।
घटना १९९८ को अक्टोबरको १ को रातको समयको हो जब सलमान खान ‘हम साथ साथ हैं’को सुटिङ्गको लागि राजस्थानमा थिए । सलमान आफ्नो फिल्मका सहअभिनेता सैफ अलि खान, तबु, नीलम र सोनाली बेन्द्रेका साथ शिकारमा निस्केका थिए ।
शिकारमा उक्साएको आरोप लागेका बाँकी कलाकारलाई भने शंकाको लाभको आधारमा मुक्त गरिएको छ ।
सलमान खानलाई पाँच वर्षको जेल सजाय र दश हजारको जरिवाना तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण