सात किलो सुनका कारोबारी हुण्डी कारोबारमा पनि संलग्न

काठमाडौँ । सात किलो सुनका कारोबारी हुण्डी कारोबारमा पनि संलग्न रहेको पुष्टि भएको छ । अवैध रुपमा सुनको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका कैलालीको लम्कीचुहा नगरपालिका–७ का पदमप्रसाद पाण्डे हुण्डी कारोबारी पनि रहेको प्रहरीले पुष्टि गरेको हो ।
प्रहरीले काठमाडौँ महानगरपालिका–२२ स्थित न्यूरोडमा सञ्चालित दुईवटा सुन पसलमा छापा मारेर उनको साथबाट प्रहरीले ७ किलो ८ सय ग्राम सुन बरामद गरेको थियो । न्यूरोडमा सञ्चालित ‘ओम पर्ल गोल्ड प्रा.लि’ र ‘कैलाश ज्वेलर्स प्रा.लि’ का सञ्चालक कैलालीको लम्कीचुहा नगरपालिका–७ का पाण्डेलाई अवैध सुन तथा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
बिल बिनाको सुनका गरगहनाहरु बिक्री वितरण तथा गैरकानुनी रूपमा हुण्डीमार्फत वित्तिय कारोबार गरेको आरोप उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई नेपाल राष्ट्र बैक अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि